गाईघाटमा नदीजन्य पदार्थ उत्खनन हुँदा पुल जोखिममा

काठमाडौँ । उदयपुरको गाईघाटस्थित बरुवा नदीको पुल र कद्हामा गाईघाट सडकखण्डको गाईघाट जोड्ने त्रियुगा नदीको पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न थालेपछि पुल जोखिममा परेको छ ।

बर्सेनि बरुवा नदी पुल आसपास क्षेत्रबाट जेठ, असार, साउन र भदौमा ट्र्याक्टर व्यवसायीले बालुवा, रोडा, ढुङ्गा पुल आसपासका क्षेत्रबाट उत्खनन गर्दा पुलको संरचना कमजोर बन्दै गएको बरुवा टोलका दुर्गा राई र शान्तिनगर टोलका कुमार रोका बताउँछन् ।

चार वर्षअघि बरुवा पुलको पूर्वपट्टिको पिलर आसपासका क्षेत्रबाट केही ट्र्याक्टर व्यवसायीले ढुङ्गा बालुवा उत्खनन गर्दा पुल छेउका पिलर भासिएको थियो । त्यसले सडकका केही भाग नै भत्किन पुगेपछि तत्काल प्रहरी प्रशासनले पुल क्षेत्रबाट गिटी बालुवा निकासी कार्य रोकेको थियो । शान्तिनगर टोलका रोका भन्छन्, “बर्सेनि पुल आसपासका क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन हुँदा पुलको जग कमजोर बन्दै गइरहेको छ ।”

नियमानुसार पुलको ५०० मिटर आसपास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन । बरुवा नदी क्षेत्रमा ट्र्याक्टर प्रवेश गरेर दिन र रातमा नदीजन्य पदार्थ मनपरी उत्खनन गरेर निकासी गर्ने गरिएको छ ।

त्रियुगा नदीको गाईघाट कद्माहा खण्डको गाईघाट जोड्ने पुल आसपास क्षेत्रबाट नदीजन्य पदार्थ निकासी र उत्खनन हुन थालेपछि त्रियुगा नदीको पुल पनि जोखिममा पर्न थालेको गाईघाट दुर्गा टोलका सुमन साह र भागवत ठाकुर बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *