एसपीपीबारे सरकारलाई सेनाले कहिले सोध्यो ?

काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व रक्षामन्त्री ईश्वर पोखरेल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारलाई सेनाले कहिले सोध्यो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पोखरेलले प्रधानसेनापतिलाई यस्तो प्रश्न गरेका हुन् ।

अमेरिकालाई पत्र लेख्ने बेला नेपाली सेनाले सरकारलाई कहिले सोध्यो भनेर प्रधानसेनापति प्रभुराम शर्मालाई उनले प्रश्न गरे । ‘२०७२ भदौ २४ गते सेनाले पत्र लेखेको र असोज १३ गते रक्षाले सकारात्मक रूपमा लिएको भनिएको छ त्यसबेला को रक्षामन्त्री र प्रधानमन्त्री थिए ?,’ पोखरेलको प्रश्न छ ।

उनले क्रमिक रूपमा कसको के भुमिका थियो त्यो पनि बताउनुपर्ने बताए । नेपाली सेनाले विभिन्न देशका सेनासँग हरेक वर्ष सैन्य अभ्यास गर्दै आएको भन्दै तर यसलाई कुनै सैन्य गठबन्धन अन्तर्गत राखेर अभ्यास हुन लागेको हो कि भन्ने कुराले गम्भीर बनाएको पोखरेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =