संसदीय समितिमा प्रधानसेनापतिले भने- ‘अमेरिकालाई सैन्य गठबन्धन हुँदैन भनेको छु’

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै शर्माले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेको स्पष्ट पारेका हुन् ।

अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’

भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए । ‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलिएको छ । त्यो सत्य हो सेनाले लेखेकै छ,’ प्रधानसेनापति शर्माले भने, ‘कस्तो अवस्थामा लेखिएको छ भने भूकम्प आएर २७ देशका सैनिक गैरसैनिक सहयोग गरेर आएका थिए । यो चिठी लेख्दैमा मिलिटरी अलाइन्स हुने कुरा लेखिएको छैन ।’

लेबनान हुँदै अमेरिका जान लागेका उनले यो मैत्रीपूर्ण भ्रमण भएकोसमेत बताए । ‘म भोलिबाट सोझै अमेरिका जान लागेको होइन । लेबनानमा भएको नेपाली सेनाको निरिक्षणका लागि जाँदै छु । त्यसपछि अमेरिका जाने छु,’ शर्माले भने, ‘अमेरिका भ्रमण अमेरिकी सेनासँगको सम्बन्ध सहयोग पुग्ने हिसाबले हुन लागेको हो । मैले सही गरेर गर्ने कुनै कार्यक्रम छैन । नेपाली सेनालाई तुरुन्तै केही दिने कार्यक्रम केही छैन । यो मैत्रीपूर्ण भ्रमण हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =