एसपीपी कुन सरकारको पालामा भएको हो, म नै कन्फ्युजमा परें : माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विवादबारे सरकारले प्रष्ट पार्नुपर्ने बताएका छन् । संसद्को अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको जारी बैठकमा नेपालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपी जल्दोबल्दो विषय भएकाले आफू यो विषयमा कन्फ्युजमा परेको बताए । ‘प्रमको अमेरिका भ्रमण जल्दोबल्दो बिषय हो । एसपीपीले अनेक विषय उठाएको छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले भने, ‘म आफै पनि कन्फिउजनमा परेँ । कुन प्रधानमन्त्री ककसको पालामा भयो यो हामीले थाहा पाउनुपर्छ ।’

एसपीपीका विषयमा प्रधानमन्त्री देउवाको अडान राम्रो लागेको उनको भनाई छ । ‘जो सुकै सरकारले गरेको भए पनि अहिलेको सरकार प्रस्ट हुन सक्नुपर्छ,’ उनले भने । आफूले यसबारे प्रधानमन्त्रीलाई प्रश्न सोधेको भन्दै नेपालले ‘एसपीपीमा सहि गर्ने कुरै हुँदैन भन्नु भयो’ भन्ने जवाफ पाएका दाबी गरे ।

नेपालले कुनै पनि अवस्थामा अनुचित दबाव स्वीकार गर्न नहुनेसमेत बताए । आफ्नो पार्टी पनि एसपीपीबारे स्पष्ट रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कुनै सैन्य सम्झौता नहुनेमा ढुक्क रहन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nineteen =