आइओसीले पठायाे इन्धनकाे नयाँ मूल्यसूची, ६ रुपैयाँ बढेर आयाे डिजेल

काठमाडाैँ । भारतीय आयल निगम (आइओसी)ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएकाे छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको छ । त्यस्तै, डिजेल प्रतिलिटर १९ रुपैयाँ ३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ ।

हवाई इन्धन प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेको छ। अहिले एनओसीले (आन्तरिक) प्रतिलिटर १ सय ६८ रुपैयाँ ७० पैसा र (बाह्य) १ सय ४७ रुपैयाँ ८९ रुपैयाँमा हवाई इन्धन बिक्री गरिरहेको छ। हवाई इन्धनमा १५ दिनमा ६६ लाख रुपैयाँ घाटा हुने अवस्था छ ।

ग्यासको मूल्य भने स्थिर रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =