एमालेको बहिष्कारका बिच विनियोजन विधेयक पारित, खर्च कटाैती प्रस्ताव अस्वीकृत

काठमाडाैँ । नेकपा का सांसदहरूको बहिष्कारकाबिच प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।

अर्थमन्त्री शर्माले उक्त प्रस्ताव पेश गर्दा एमाले सांसदहरूले सदन बहिष्कार गरेका थिए, त्यसलगतै प्रस्ताव पेश गर्दै अर्थमन्त्री शर्माले दुईपटक संसदको बिघटन गरेपछि लोकतन्त्रलाई बचाएर वर्तमान सरकार गठन भएको बताए । बैठकमा विनियोजन विधेयकमाथि परेको खर्च कटौतीको प्रस्ताव समेत अस्वीकृत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *