प्रदेश सरकारको बजेट कार्यकर्ता पोस्ने वितरणमुखी : पूर्वमुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट वितरणमुखी भएको बताएका छन् ।

विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व मुख्यमन्त्री राईले अहिलेको सरकार जस्तो हो उस्तै खालको बजेट ल्याएको टिप्पणी गर्दै कतिपय बजेटका शीर्षकहरू कायकर्तालाई पोस्ने र वितरणमुखी भएको बताएका हुन् ।

राईले अबण्डा शीर्षकमा धेरै रकम राखिएको भन्दै उनले त्यो रकमको दुरुपयोग भई कार्यकर्ता पोस्ने खालको काम हुने समेत आरोप लगाए । यस्तै पूर्व मुख्यमन्त्री राईले वैशाखमा सक्ने भनिएको विराट चोक–घिनाघाट सडकलाई प्राथमिकता नदिइएको, मुख्यमन्त्री सडक कार्यक्रमलाई प्राथमिकताका साथ बजेटले नलगेको उनको भनाई छ।

‘६६ वटा बहु वर्षीय योजनामा १५ वटालाई भएपनि सकेर जानु पर्ने गरी बजेटले समेटेको हुनुपर्थ्यो’, उनले भने, ‘त्यो अनुसारको बजेट व्यवस्था भएन, बहु वर्षीय योजनाहरू प्राथमिकतामा परेनन् ।’ आर्थिक वर्ष सकिनै लाग्दा आफ्ना नेता र कार्यकर्तालाई लक्षित गरेर बजेट रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई पोस्ने काम गरेको उनको आरोप छ । बजेटमा ल्याइएको एउटा वडा एक बर्थिङ सेन्टर पनि हावादारी भएको उल्लेख गरे ।

कांग्रेसले साथ दिए एक घण्टामा प्रदेश नाम

पूर्व मुख्यमन्त्री राईले नेपाली कांग्रेसले सहयोग गरेमा प्रदेश १ को नामकरण आधा घण्टामै टुङ्गो लाग्ने बताए । बिहीबार विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुंगो लगाउने बताए । कांग्रेस र एमाले प्रदेशमा मिल्दा दुई तिहाइ नपुग्ने २/३ जनाको संख्या एमालेले नै खोजेर पुर्‍याउने राईले दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *