संसद् छाेडेर एनआरएनको कार्यक्रममा व्यस्त प्रधानमन्त्री

काठमाडाैँ । अहिले संसद्‌मा प्रधानमन्त्री कार्यालयलगायत केही मन्त्रालयका लागि विनियाेजित बजेटमाथि छलफल भइरहेकाे छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने संसद्‌मा छैनन् । उनी गैरआवासीय नेपाली सङ्घ [एनआरएन] काे हाेटल र्‍याडीसनमा आयाेजित कार्यक्रममा छन् । उनले त्यहाँ सम्बाेधनसमेत गरिसकेका छन् ।

प्रधानमन्त्री संसद्‌मा नदेखिएपछि उनकाे अनुपस्थितिबारे प्रश्न उठेकाे छ । खासगरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूसँगै नेमकिपाका सांसदले प्रधानमन्त्री देउवा उपस्थित भइन्जेलसम्मका लागि बैठक स्थगित गर्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *