ओलीकाे दाबी- हामी दुईतिहाइमा थियाैँ, हाम्रैभित्र सकुनीहरू निस्किएर हार्‍याैँ (भिडिओसहित)

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पद र ओहोदामा बसेर नेतृत्वको बदनाम गर्न खोज्नेहरूको समयक्रममा हिसाब-किताब हुने बताएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन उनले यस्ताे बताएका हुन् । उनले केही व्यक्तिहरू पार्टीले दिएको हैसियत प्रयोग गरेर नेतृत्वको बदनाम गर्ने र नेतृत्वलाई कसरी विस्थापित गर्न सकिन्छ भनेर लागिरहेको बताए । ‘अहिले पनि देखिरहनुभएको छ । कतिपय व्यक्तिहरू पार्टीमा बसेका छन्, पार्टीले दिएका पद, ओहोदा र हैसियत प्रयोग गरिरहेका छन् । अनि पार्टीको कसरी अपमान हुन्छ । पार्टीको कसरी विरोध हुन्छ, कसरी बेइज्जत गर्न सकिन्छ, हो त्यही त्यही काम गरिरहेका छन्,’ उनले भनेका छन् ।

यस्तै उनले पाँचदलीय गठबन्धनलाई धाँधलीबाजकाे संज्ञा दिएका छन् । ‘याे गठबन्धन धाँधलीबाज हाे । चुनाव पनि यसैगरी जित्याे, याे सरकार लाेकतन्त्र विराेधी हाे,’ उनले भनेका छन् । यस्तै उनले विराेधीहरूले चुनाव हराउन नसक्ने भएपनि पार्टीभित्र सकुनीहरू निस्किएकाे बताए । ‘हाम्रा विराेधीहरूले हामीलाई हराउन सक्दैन थिए,’ उनले भने, ‘तर पार्टीभित्र सकुनीहरू निस्किएर चुनाव हारियाे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *