व्यापार घाटा न्यूनीकरण गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटालाई न्यूनीकरण गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका छन् ।

बिहीबार काठमाडौँको भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको नेपाल चेम्बर एक्स्पो–२०२२ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले निर्यात प्रवर्द्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी उक्त वस्तुको प्रचार प्रसार, बजार प्रवर्द्धन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको धारणा राखे ।

प्रदर्शनीले वस्तुको बजारीकरणका साथ मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने उनले बताए । त्यस्तै उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि प्रदर्शनीले महत्त्वपूर्ण भूमिका हुने जिकिर गरे ।

अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न तथा नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने चेम्बरले बताएको छ ।

मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडीबुटीजन्य वस्तुहरू, इलेकट्रोनिक्स सामान, गार्मेन्ट एवं टेक्स्टायल, छाला जन्य वस्तुहरू, कस्मेटिक, खाद्य तथा दुग्धजन्य सामग्रीहरूको प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =