पेरिसडाँडा रितबहादुर खड्काको स्मृति दिवस (तस्बिरहरू)

काठमाडौँ । जनयुद्धका सहिद रितबहादुर खड्का (प्रताप) को २१औँ दिवस मनाइएको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान प्रतापको २१औँ स्मृति दिवस मनाइएको हो ।

दोलखा काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष मीनबहादुर घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथि थिए । उनले सहिद खड्काको फोटोमा माल्यार्पण गरेपछि कार्यक्रम सुरु भएको थियो ।

सो अवसरमा स्थानीय तह निर्वाचनमा दोलखाका स्थानीय तहका उम्मेदवार तथा विजयी जनप्रतिनिधिहरूलाई शुभकामना दिइएको थियो ।

रितबहादुर खड्का दोलखाका जनयुद्धका संस्थापक नेता हुन् । तत्कालीन माओवादीको भारतमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट फर्किने क्रममा रौतहटमा २०५९ साल असार २ गते सरकार पक्षसँगको भीडन्तमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 3 =