एसपिपि सम्झाैताकाे प्रक्रिया भएकाे छैन, हुँदैन: नेपाली सेना

काठमाडौँ । यतिबेला देशभर एसपिपि सम्झौताबारे भइरहेको चर्चाका विषयमा नेपाली सेनाले कुनै सत्यता नभएको बताएको छ ।

एसपिपि सम्झौताबारे देशभर भइरहेको चर्चाका विषयमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै नेपाली सेनाले स्पष्टीकरण दिँदै अमेरिकी सेना वा सरकारले त्यस किसिमको कुनै प्रस्ताव नराखेको र सो सम्बन्धी कुनै प्रक्रिया समेत नभएको बताएको हो ।

साथै, सेनाले सार्वजनिक विज्ञप्ति जारी गर्दै नेपालले अवलम्वन गरेको असंलग्न परराष्ट्र नीति वा नेपालको विशिष्ट भूराजनैतिक अवस्थितिप्रति असर पर्ने किसिमको कुनै पनि सम्झौता भविष्यमा समेत नहुने स्पष्ट पारेको छ ।

विज्ञप्ति:

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *