राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाकाे माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । मुलुकको शासकीय प्रणाली परिवर्तन र प्रदेश खारेजी लगायतका माग राख्दै राप्रपाले प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

बुधवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले बालुवाटारमा विभिन्न २२ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

राप्रपा अध्यक्ष लिङ्देनले आफूहरूले अल्पकालीन दीर्घकालीन माग समेटिएको पत्र प्रधानमन्त्रीलाई बुझाइएको बताए । उनले राजसंस्था, हिन्दु राष्ट्र, शासकीय प्रणाली परिवर्तन, तीन तहको सरकार मध्ये प्रदेश खारेज गरेर दुई तहको सरकार मात्र राख्नुपर्ने लगायतका माग पेस गरिएको जानकारी दिए ।

किसानलाई तत्काल मल, बीउ उपलब्ध गराउन, महँगी तथा कालोबजारी नियन्त्रण गर्न, सम्पत्ति छानबिन गर्न पनि माग गरेको उनले बताए ।

यसअघि बुधवार नै राप्रपाले ७७ जिल्ला प्रशासन कार्यालयबाट पनि प्रमुख जिल्ला अधिकारीमार्फत पनि प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *