‘वाम एकता’ का लागि घनश्यामका ६ उपाय !

काठमाडाैँ । नेकपा [एमाले] का नेता घनश्याम भुसालले पुन: वाम एकता गर्न सकिने बताउँदै केही उपाय सुझाएका छन् । ठूला नेताहरूका कारण एमाले-नेकपा [माओवादी केन्द्र] बीचकाे एकता टुटेकाे दाेहाेर्‍याउँदै आएका उनले बुधबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा प्रश्न गरे, ‘एकता के कारणले टुट्याे भन्दाखेरी उसँग ऊ रिसायाे, याे पनि कुनै कारण हाे र ?’

एकता र सत्यानाशमध्ये एक राेज्नुपर्ने अवस्था नेपाली कम्युनिष्टहरूमा भएकाे दाेहाेर्‍याउँदै उनले भनेका छन्, ‘अझै केही बिग्रेकाे छैन । ठूला नेताहरूलाई बनाउँ र एकताका लागि अघि बढाैँ । मैले पहिल्यै भनेकाे थिएँ; एकता र सत्यानाशमध्ये एक राेज्नुपर्ने भनेर । यसतर्फ साेचाैँ ।’

उनले सुझाएका उपायहरू यस्ता छन्:

१, एमाले, माओवादी केन्द्र र नेकपा [एकीकृत समाजवादी]का नेतृत्वलाई साेधेकाे साेधेकै गराैँ । किन एकता टुटाउनुभयाे भनेर साेधाैँ । जसले उहाँहरूलाई नैतिक दबाब बढ्छ र साेध्चन बाध्य बन्नुहुन्छ ।

२, पालैपाले प्रधानमन्त्री बन्ने सम्झाैता गल्ती थियाे भनेर सम्झाइदिउँ । एकता भङ्ग हुनुकाे एउटा प्रमुख कारण त्याे पनि थियाे । त्यस्ता सम्झाैताहरू गाेप्य राख्नु हुँदैन भनेर भनाैँ/सम्झाउँ ।

३, संसद् विघटन गलत थियाे भनेर भनाैँ । त्याे हिजाे पनि सही थिएन, आज पनि सही छैन र भाेलि पनि सही हुने छैन भनेर भनाैँ । हामीले व्यवस्था गरेकाे संविधानकाे बर्खिलापमा हुन्छ भनाैँ ।

४, चुनावी वाममाेर्चा आजै बनाउँ । त्यसले अबकाे चुनावमा कम्युनिष्टहरू कसरी जाने भन्नेबारे साेच्छ र कार्यक्रम बनाउँछ । त्यहीअनुसार हामी अघि बढाैँ । एकताका लागि आज पनि केही बिग्रेकाे छैन ।

५, सिद्धान्तअनुसार कार्यक्रमकाे निर्माण गराैँ । एकता राेक्ने सिद्धान्त हुँदैन भनेर नेताहरूलाई सम्झाउँ । कुनै पनि एकता राेक्छ भने त्याे कुनै सिद्धान्त र वाद हाेइन भनेर उहाँहरूलाई सम्झाइदिउँ ।

६, माफी सप्ताहकाे आयाेजना गराैँ । जहाँ हरेक नेताहरूले आफ्नाे गल्तीकाे प्रायश्चित गर्नेछन् र माफी माग्नेछन् । त्यति मात्रै हाेइन, अबदेखि नगर्ने पनि भन्नेछन् । जसले उनीहरूलाई नैतिक दबाब बढ्नेछ ।

♦ याे पनि:
   घनश्यामकाे दाबी- ‘युवाहरू जागे वामपन्थी नेताहरूलाई एक महिनाभित्र जुटाउन सकिन्छ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *