प्रदेश १ सरकारको बजेट ३९ अर्ब ७३ करोड (पूर्णपाठ)

विराटनगर । प्रदेश १ सरकारकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३९ अर्ब ७३ करोड, ८३ लाखको बजेट प्रदेश सभामा पेस गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक २०७९/८० को लागि लागि स्थानीय तहमा हस्तान्तरण ३ अर्ब १५ करोड १५ लाख रहेको जानकारी दिए । संघीय सरकारको अनुदान बचत फिर्ता २ अर्ब रहेको उनले प्रदेश सभालाई जानकारी गराए ।

आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च बेहोर्ने श्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजश्वबाट ४ अर्ब ९८ करोड ४५ लाख, राजश्व बाँडफाँडबाट ११ अर्ब ८८ करोड २४ लाख, संघबाट प्राप्त हुने समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख, सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख रहेको मन्त्री आङ्बोले जानकारी दिए ।

समपूरक अनुदानबाट ९२ करोड र विशेष अनुदानबाट ४७ करोड ५० लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख खर्च बेहोर्ने जनाइएको छ ।

बाँकी रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *