‘रेस्क्यू अभ्यास’का लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द (तस्वीरसहित)

काठमाडाैँ । दिउँसोको ३ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरियो । उडान र अवतरणका नियमित प्रक्रिया रोकिए । आकाशमा भएका विमान कि त होल्ड भए, कि नजिकैको विमानस्थल गए । अकस्मात राडार पछाडिको क्षेत्रमा विमान खस्यो ।

एअरपोर्टमा अलर्ट बज्यो, उड्डयन प्राधिकरण लगायत सेना र प्रहरीका दमकल सहित उद्वार टोली र एम्बुलेन्स घटनास्थलतर्फ लागे । विमानस्थल क्षेत्रमा सन्नाटा छायो ।

कोही मरिसकेका थिए, कोहि सक्त घाइते थिए । दमकलहरू जलेको विमान निभाउन जुटे, एम्बुलेन्स घाइते बोक्दै व्यस्त भए ।

सेनाको हेली आयो, छेउकुनामा रहेका घाइतेको उद्धार गर्यो । तत्कालै तिनै सहरका दमकल ‘ब्याकअप फोर्स’ का लागि विमानस्थल पुगे ।

उपत्यकाका प्राय सबै अस्पतालका एम्बुलेन्स पनि विमानस्थल छिरे । घाइतेको उद्धार भयो, विमानमा लागेकाे आगाे निभाइयाे ।

तर यी सबै दृश्यहरू वास्तविक नभई विमानस्थलमा नागरिक उड्डयन प्राधिकरणले गरेकाे ‘हवाई दुर्घटना उद्धार’को नियमित ‘डेमोस्ट्रेसन’ थियो ।

के-के भयाे तस्वीरमा हेर्नुस् 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *