पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाइने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पुराना जहाज किन्ने अवधि ५ वर्ष घटाएकाे बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा बाेल्दै उनले सरकारले पुराना जहाज किन्न पाउने अवधि ५ वर्ष घटाउने निर्णय गरेको बताएका हुन् ।

सुगममा उड्ने प्रेसराइज जहाज १५ वर्ष र दुर्गम भेगमा उड्ने ननप्रेसराइज जहाज २० वर्ष पुराना भएमा किन्न नपाउने वर्तमान नियमलाई संशाेधन गर्दै अब सरकारले क्रमशः १० र १५ वर्ष कायम गर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =