एमसिसीमाथिकाे व्याख्यात्मक टिप्पणी अमेरिकाले मानेकाे सरकारकाे स्पष्टाेक्ति

काठमाडौँ । संसदबाट पारित भएकाे एमसिसीसहितकाे व्याख्यात्मक घाेषणा अमेरिकाले मानेकाे दाबी सरकारले गरेकाे छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा मन्त्री शर्माले जेनेभा कन्भेन्सन र संयुक्त राष्ट्रसंघका व्यवस्थामा पनि सन्धि गर्दा व्याख्यात्मक टिप्पणीको व्यवस्था रहेकाले एमसीसीमाथिको व्याख्यात्मक टिप्पणी अमेरिकाले अस्वीकार गर्ला कि भनेर आशंका नगर्न सांसदहरूलाई आग्रह गरेका हुन् ।
उनले संसद्बाट व्याख्यात्मक टिप्पणीसँगै एमसीसी पारित भएको २ घण्टाभित्रै अमेरिकाले स्वागत गरेकाले शंका नगर्न आग्रह गरे ।
उनले भने, ‘भियना कन्भेन्सनल ल अफ ट्रिटी, १९६९ को दफा ३४ अनुसार र अन्तर्राष्ट्रिय गाइडलाइन छ । संयुक्त राष्ट्रसंघको गाइडलाइन २०११ छ । जसले द्वीपक्षीय सन्धिमा व्याख्यात्मक टिप्पणी हुन्छ भनेको छ । अर्को पक्षले स्वीकार गरेमा अभिन्न अंग बन्छ भनेको छ । हाम्रो सन्धि कार्यान्वयन गर्ने कार्यविधि छ । त्यसले पनि वाख्यात्मक घोषणा गर्न सकिनेछ भनेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनको व्यवस्थाअनुसार संसद्ले यो हो हाम्रो बुझाइ भनेर पास गरेपछि त्यसमा कुनै आशंका नरहेको व्यवस्था अनुरोध गर्न चाहन्छु ।’








