प्रहरी कारबाहीमा परी मेक्सिकोमा १० बन्दुकधारीको मृत्यु
२०७९ असार १ गते

काठमाडौँ । मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ ।
मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका हुन् । सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरूलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरूले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।
त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारबाहीका क्रममा अन्य सातजना बन्दुकधारीलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् ।
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








