२० वर्षपछि मात्रै बिहे गर्न पाउने कानुन वैज्ञानिक छैन, पुनरावलाेकन गर्छाैं : कानुनमन्त्री

काठमाडाैँ । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले २० वर्षपछि मात्रै बिहेवारी गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएकाे बताएका छन् ।

बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताउँदै यसकाे पुनरावलाेकनमा कानुन मन्त्रालयले गृहकार्य सुरु गरेकाे बताए ।

उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन । यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजाय भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =