हिन्दुराष्ट्र र राजसंस्था स्थापनाकाे माग गर्दै राप्रपाले बुझायाे ज्ञापन
२०७९ असार १ गते

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महँगी, भ्रष्टाचार नियन्त्रण, हिन्दु राष्ट्र, राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजीलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधवार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले जनजीविकाका विविध विषय समेटिएको विभिन्न २० वटा मागका बारेमा सरकारको ध्यानाकर्षण गराएको हो ।
राप्रपाले अन्याय, अत्याचार, उच्च मूल्यवृद्धि, भ्रष्टाचार, रसायनिक मल अभाव, इम्बाेस्ड नम्बर प्लेट लगाएतका विषयमा राष्ट्रव्यापी आन्दोलन सुरु गरिएको समेत जनाएको छ ।
त्यस्तै राप्रपाले खेतीपातीको समयमा नै किसानलाई मलखाद उपलब्ध गराउन माग गरेको छ ।
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








