मःमकाे डल्लाे अड्किएर भारतमा १ जनाकाे मृत्यु

नयाँदिल्ली । भारतमा मःमको डल्ला स्वासनलीमा अड्किएर एक नागरिकको मृत्यु भएको छ ।

मदिराले मातेका ५० वर्षीय ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए । खाँदाखाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको स्वासनलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो ।  डाक्टरहरूले पनि ममको डल्लो अड्किएर उनको मृत्यु भएको निष्कर्ष निकालेका हुन् । मःम अड्किँदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

उनको मृत्युको कारक मम पुष्टि भएपछि अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतमा सडक पसलदेखि  उच्चस्तरीय रेष्टुरेण्टहरूमा पाइने मःमलाई ‘होसियारी साथ निल्न’ भनेको छ ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =