सत्तापक्ष र प्रतिपक्षका सांसदकाे एकैस्वर : ‘एसपीपी’ नाइँ भनाैँ

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कुनै पनि कार्य नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भन्दै परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने भन्दै यसबारेमा सरकारले सदनलाई स्पष्ट पार्न माग गरे । उनले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गरे । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गरे ।

त्यस्तै, कांग्रेसका सांसद गगन कुमार थापाले एसपीपीमा यति धेरै चर्चा भएपनि प्रधानमन्त्रीले सदनमा यसको स्पष्ट जवाफ दिनुपर्ने बताए । थापाले अमेरिका के चाहन्छ भन्ने उसको कुरा भएको भन्दै प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्ने जिकिर गरे ।

त्यस्तै, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको तर्क गरे । उनले असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न सरकारलाई सुझाव दिए ।

त्यस्तै, लिङ्देनले संघीय निर्वाचन नजिकिदै गएको भन्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =