प्रधानमन्त्रीले भने- एसपीपी तत्काल अघि बढाइन्न

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) तत्काल अघि नबढाउने अडान लिएका छन् । सत्ता साझेदार दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसबारे चासाे राखेपछि उनी तत्काल अघि नबढाउनेमा देखिएका हुन् । अमेरिका र नेपालका सेना फाेर्सबीच हुने भनिएकाे समझदारी एसपीपीकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । यसपछि अध्यक्षद्वय प्रचण्ड-नेपालले त्यसबारे प्रधानमन्त्री देउवासँग जिज्ञासा राखेका थिए । त्यसबेला प्रधानमन्त्री देउवाले यस्ताे बताएका हुन् ।

याे समझदारीमा प्रधानमन्त्रीकाे अमेरिका भ्रमणका क्रममा हस्ताक्षर हुने भनिएकाे छ । यसअघि अमेरिकी सेनाका जर्नेल चार्ल्स एन्थोनी फ्लिन नेपाल भ्रमणमा रहँदा याे समझदारीकाे दस्ताबेज बुझाएका थिए । त्याे पछि बाहिरिएकाे थियाे । त्यसमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेकाे बताइएकाे थियाे । तर अहिले भने उनी तत्काल अघि नबढाउनेमा देखिएका छन् ।

उनले फ्लिनलाई भने सकारात्मक आश्वासन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − fourteen =