रवीन्द्र मिश्र राप्रपामा जान लागेका हुन् ?

काठमाडाैँ । बुधबार बिहान केही सञ्चारमाध्यमहरूले विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने तयारीमा रहकाे भन्दै समाचार प्रकाशन गरे । त्याे समाचारकाे खण्डन गर्दै रवीन्द्रले भने, ‘मबारे प्रकाशित समाचाहरू झुटा हुन् । अनुमान र एकपक्षीय रूपमा दिइएको सूचनाको भरमा समाचार प्रकाशित नगरिदिन विनम्र अनुरोध गर्दछु ।’

त्यसपछि यसबारे मकालुखबरले राप्रपाकाे वार्ता समितिका संयाेजक धवलशमशेर राणासँग जिज्ञासा राख्याे । राप्रपाका महामन्त्रीसमेत रहेका राणाले भनेका भने, ‘उहाँ (रवीन्द्र मिश्र)सँग वार्ता भएकाे हाे तर, लाभदायी भएन ।’ थप वार्ता कहिले हुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘थाहा छैन । अहिले त्याेखाले वातावरण छैनजस्ताे लाग्छ ।’ त्यसाे त यसअघि भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्रकै तहमा पनि वार्ता भएकाे हाे । त्यसबेला संवैधानिक राजतन्त्रबारे कुरा नमिलेपछि वार्ता टुङ्गिएकाे थियाे । फेरि वार्ता शुरू भएकाे स्राेत बताउँछ । स्थानीय निर्वाचनमा अपेक्षाकृत नतिजा दिन नसकेकाे भन्दै केन्द्रीय अध्यक्षबाट राजीनामा दिएका रवीन्द्रले राप्रपामा लिङ्देनकै हैसियतकाे अध्यक्ष माग गरेकाे स्राेत बताउँछ । तर, त्यसमा राप्रपा खेमाका नेताहरूले विराेध गरेका थिए । स्राेत भन्छ- ‘त्याे प्रस्ताव नआएकाे हाेइन आएकै हाे, तर त्याे प्रस्ताव सिधै अस्वीकार भयाे राप्रपाबाट । यसपछि वार्ता अघि बढेकाे छैन ।’

त्यसाे त रवीन्द्रले आफू कुनै ठाउँमा जाेडिँदा एक्लै नजाेडिने संकेत गरेका छन् । यसकाे मतलब उनीसँग केही नेता/कार्यकर्ताहरू पनि हुनेछन्, जाेडिनेछन् । उनले आफू एक्लै कतै जाेडिएर केही रूपान्तरण नहुने बताएका छन् । रवीन्द्रकाे याे भनाइ स्राेतले मकालुखबरलाई बताएकाे सूत्रसँग मिल्छ । स्राेत भन्छ— ‘जाेडिँदा एक्लै नजाेडिने तर हैसियत भने अध्यक्षकै हुनुपर्ने शर्त नयाँ हाेइन । तर त्यसलाई राप्रपा नेतृत्वबाट अस्वीकार्य रह्याे ।’

विवेकशील साझामै रहँदा विचारभन्दा माथि देश दस्तावेजमार्फत सङ्घीयता खारेजी र धर्मनिरपेक्षतामाथि जनमत सङ्ग्रहकाे माग गरेका उनलाई उपाध्यक्षमा अटाउनेगरी वार्ता गर्न सकिनेमा राप्रपा तयार रहेकाे एक नेताले बताए । अब वार्ता फेरि हुन्छ ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘पहिलेकै शर्त (राजेन्द्र लिङ्देनकै हैसियतको अध्यक्ष) काे च्याप्टर क्लाेज भइसकेकाे छ । अब उपाध्यक्षमा अटाउनेगरी वार्ता गर्ने बाटाे खुला छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =