पाकिस्तानमा मानिसहरूलाई किन कम चिया पिउन भनियो

काठमाडौँ । पाकिस्तान सरकारले अर्थतन्त्र जोगाउन चिया कम पिउन आग्रह गरेको छ । मुलुकको अर्थतन्त्रलाई जोगाइराख्न भन्दै पाकिस्तानमा मानिसहरूलाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको हो ।

मन्त्री एहसान इकबालकाअनुसार प्रतिदिन पिउने चियाको मात्रा घटाइँदा आयातमा खर्च हुने उच्च रकममा कमी आउनेछ । पाकिस्तानमा विदेशी मुद्रा सञ्चिति घटेर दुई महिनाभन्दा कम समयका लागि वस्तु आयात गर्न सकिने अवस्थामा पुगेको छ । पाकिस्तानलाई तत्काल आर्थिक सहायताको आवश्यकता देखिएको छ ।

पाकिस्तान विश्वकै सबैभन्दा ठूलो चिया आयातकर्ता हो । गत वर्ष मात्र उसले ६० करोड डलरभन्दा बढीको चिया आयात गरेको थियो । ‘म एकदेखि दुई कप चिया कम पिउन देशवासीलाई आग्रह गर्छु । किनकि हामीले ऋणको पैसाले चिया आयात गरिरहेका छौँ,’ मन्त्री इकबालले भने ।

विद्युत्‌ बचतका लागि पसलेहरूले पनि राति साढे ८ बजे चिया पसलहरू बन्द गर्ने उनले बताए । विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा घटिरहँदा आयातमा कटौती गर्न र विदेशी मुद्रा बचत गर्न पाकिस्तान सरकारमाथि दबाव बढेको छ । कम चिया पिउन मन्त्रीले गरेको आग्रह सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =