जिसस बर्दियामा कांग्रेसको प्यानलै निर्विरोध

राजापुर । जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसको प्यानल निर्विरोध निर्वाचित भएको छ । अन्य दलको उम्मेदवारी नपरेपछि जिसस प्रमुखमा सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका हुन् ।

उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन् ।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा कांग्रेस विजयी भएको थियो । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख-उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी भएको थियो ।

राजापुर नगरपालिकाको प्रमुख-उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो । बाँसगढी नगरपालिकाको प्रमुख-उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *