नर्स बेलायत लैजाने प्रस्ताव मन्त्रिपरिषद्‍मा

काठमाडौँ । बेलायत सरकारबाट माग भए बमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद्‍ प्रस्ताव पठाइएको छ ।

पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौँस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको हो ।

अब उक्त प्रस्ताव मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपश्चात् सम्झौताको टुंगो लाग्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-प्रवक्ता डा. थानेश्वर भुसालले बताए । ‘नर्सिङ जनशक्ति बेलायत पठाउने योजना अनुरुप समझदारी पत्र हस्ताक्षरका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव पठाइएको छ । मन्त्रिपरिषद्‍बाट स्वीकृत भएपश्चात् सम्झौताको टुङ्गो लाग्छ,’ उनले भने ।

श्रम सम्झौताका लागि मन्त्रिपरिषद्को स्वीकृतिपछि मात्रै बेलायत जाने नर्सले के कस्तो प्रक्रिया पूरा गर्नुपर्ने भन्नेबारे पनि टुंगो लगाइने सहप्रवक्ता भुसालले प्रष्ट पारे । बेलायत पठाउनका लागि ‘ह्युमन रिसोर्स म्यापिङ’ गरिएको र १५ हजार बेरोजगार नर्सिङ जनशक्तिमध्येबाटै पठाउने तयारी भएको उनको भनाइ छ । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + nine =