बलात्कार पीडित कुमारी आमाकाे पक्षमा अनसन बसेका २ जनाले अनसन ताेडे

काठमाडाैँ । बलात्कार पीडितका पक्षमा अनसन बसेका २ जना युवतीले अनसन ताेडेका छन् ।

बलात्कारपछि बच्चा जन्माएकी कुमारी आमाकाे पक्षमा अनसन बसेका जस्मिन ओझा र देव शर्माले अनसन तोडेका हुन् । उनीहरू पीडित युवतीसँगै काठमाडाैँकाे बसन्तपुरमा अनसन बसेका थिए ।

उनीहरूले आज पाँचाैँ दिनमा अनसन ताेडेका हुन् । आफूहरूले पीडित युवतीकाे अनुरोधमा अनसन तोडेको ओझाले बताइन् ।

२०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा पीडित युवतीमाथि धनुषाको क्षिरेश्वर नगरपालिका-३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनको भनाइ छ । आफूमाथि बलात्कार गर्नेलाई अदालतले सफाइ दिएकाले न्याय माग्दै उनी अनसन बसेकी हुन् ।

उनले आफ्नाे बच्चाकाे डिएनए परीक्षण हुनुपर्ने, पीडकलाई पक्राउ गरिनुपर्ने, आफ्नो मुद्दालाई कमजोर बनाउने वकिल, प्रहरी र न्यायाधीशलाई कारबाही गरिनुपर्ने र बच्चाकाे हेरचाह, शिक्षा लगायतको जिम्मा सरकारले लिनुपर्ने माग राखेकी छन् ।

याे पनिः निहारिका राजपूतकाे प्रण- ‘अति भएपछि सडकमा आएँ, मर्छु तर न्याय नपाएसम्म अनशन तोड्दिनँ’ (अडिओवार्तासहित)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =