मन्त्री विमलाविरुद्ध मीनाले दिइन् उजुरी

काठमाडाैँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि उजुरी परेकाे छ ।

तुलसीपुर–५ स्थित एकराज बस्नेतकी श्रीमती मिना भण्डारी बस्नेतले राज्यमन्त्री विमला खत्री वलीविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा उजुरी दिएकी हुन् ।

मीनाले विमलाविरुद्ध आफू र छोरीमाथि अनाहक घरभित्रै पसेर कुटपिट गरेको तथा घरका सरसामान जथाभावी फालिदिएको भन्दै किटानी जाहेरी दिएकी हुन् ।

उता प्रहरी नियन्त्रणमा रहेकी आराेपति स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई प्रहरीले बुटवल पठाएकाे छ । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीकाे आग्रहमा प्रहरीले बुटवल पठाएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *