१४ हजार मेट्रिक टन मल मौज्दात छ : कृषिमन्त्री यादव

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवले भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा कृषि मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले १४ हजार मेट्रिक टन मल मौज्दात रहेको र असारसम्ममा ८० लाख मेट्रिक टन मल आइपुग्ने बताएका हुन् ।

उनले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्टाइएको र लगानी बोर्डमा समेत छलफल अघि बढेको दाबी गरे ।

मन्त्री यादवले आगामी आर्थिक वर्षबाट किसान पेन्सन सुरु गर्ने र अहिले लगत संकलनको काम भइरहेको जानकारी दिए । उनले कृषि पेसालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको स्पष्ट पारे ।

उनले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा गृह मन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *