एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शुरू, कार्यसूचीमा निर्वाचन समीक्षा र आगामी रणनीति

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक शुरू भएको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा शुरू भएको स्थायी कमिटी बैठकमा स्थानीय तह निर्वाचन २०७९ को समीक्षाका साथै आगामी रणनीतिका विषयमा छलफल हुने कार्यसूची रहेको जनाइएको छ । बैठकमा समसामयिक राजनीतिका साथै मन्त्री हेरफेरको विषय पनि उठ्न सक्ने बताइएको छ ।

यसअघि बसेको सचिवालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्न हरेक प्रदेशमा एक-एकजना सचिवालय सदस्य खटाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *