झापाको मेचीनगरमा नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

काठमाडौँ ।झापाको मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ ।

नगरपालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालद्वारा जारी सूचनामा यही असार १ गतेदेखि विसं २०७९ भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन, सङ्कलन बन्द गरिएको उल्लेख छ ।

नगरले सोबारे नगरको राजस्व शाखा, सबै वडा कार्यालय, इलाका प्रहरी कार्यालय धुलाबारी, काँकरभिट्टा, प्रहरी चौकी बाहुनडाँगी, सशस्त्र प्रहरीको विओपीहरुलाईसमेत ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री बन्द गरिएको जानकारी गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *