विश्व सुन्दरी मानुषी चिल्लर अभिनित ‘सम्राट पृथ्वीराज’लाई लगानी उठाउनै मुस्किल

काठमाडौँ । भारतको प्रतिनिधित्व गर्दै सन् २०१७ मा विश्व सुन्दरी बनेकी मानुषी चिल्लरको डेब्यू फिल्म ‘सम्राट पृथ्वीराज’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मलाई लगानी उठाउन पनि हम्मेहम्मे परेको बताइएको छ ।

भारतीय चर्चित अभिनेता अक्षय कुमार र विश्व सुन्दरी चिल्लर अभिनित उक्त  फिल्म ‘सम्राट पृथ्वीराज’ले ९ दिनमा जम्मा ७१ करोड भारतीय रुपैयाँको आम्दानी गरेको छ। गत जुन ३ तारिखमा प्रदर्शनमा आएको फिल्म ३ सय करोड भारतीय रुपैयाँको लगानीमा बनेको हो ।

प्रदर्शनअघि विभिन्न विवादसँगै चर्चामा समेत रहेको यो फिल्मले प्रदर्शनपछि भने सोचेजस्तो सफलता हासिल गर्न नसकेको हो । एकातिर फिल्मको नामको विषयलाई लिएर भारतका विभिन्न जातीय समूहहरूले विवाद उत्पन्न गरेका छन् भने कतिपय स्थानमा फिल्मलाई प्रदर्शन गर्नै पनि प्रतिबन्ध लगाइएको छ ।

फिल्मले प्रदर्शनको दोस्रो सातासम्म पनि सन्तोषजनक आम्दानी गरेको छैन । भारतका तत्कालीन सम्राट ‘पृथ्वीराज’को कथालाई प्रस्तुत गरिएको उक्त फिल्म चन्द्रप्रकाश द्विवेदीको निर्देशनमा बनेको हो । फिल्ममा मानुषी र अक्षयसँगै सञ्जय दत्त, सोनु सुधलगायतका कलाकारको समेत अभिनय रहेको छ ।

फिल्म प्रदर्शन भएको दुई साता बित्न लाग्दा पनि फिल्मले लगानी उठाउनै हम्मेहम्मे परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *