रोक्का राखिएका जग्गा फुकुवा गर वा तत्काल मुआब्जा देऊ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर विमानस्थल विस्तार गर्न भनेर रोक्का राखिएका घरजग्गाको कारोबार फुकुवा गर्न वा उनीहरूलाई तत्काल मुआब्जा दिन माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत तत्काल मुआब्जा दिनुपर्ने नभए रोक्का फुकुवा गर्नुपर्ने माग गरेका हुन् ।

विमानस्थल विस्तारका लागि सरकारले दुई वर्षदेखि विराटनगर-४ मा रहेका घरजग्गा खरिदबिक्री तथा बैङ्किङ कारोबारमा रोक लगाएको छ । अहिलेसम्म पनि स्थानीय मुआब्जा नपाएको नेता कोइरालाको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =