मन्त्री विमला वलीले ‘मेरो पोई खोइ ?’ भन्दै मीनालाई कुटिन्

काठमाडौँ । महिला र बालिकामाथि कुटपिट गरेपछि लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीलाई प्रहरीले पक्राउ गरेको छ । दाङको तुलसीपुर उपमहानगर-५ स्थित सब्जिमण्डी बजार नजिकै ‘प्रेमी’ भनिएका एकराज बस्नेतकी श्रीमती र छोरीमाथि बिहान कुटपिट गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारकाअनुसार मीना भण्डारी बस्नेतको घरभित्रै गएर मन्त्री वलीले मीना र उनकी छोरीलाई कुटपिट गरेको आरोप छ । अर्काको घरभित्र गएर मन्त्री नै कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक स्वारले बताए ।

मन्त्री वलीले मीनाको घरभित्रै गएर कपडासमेत फालिदिएपछि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । मीनाका अनुसार बिमला आज बिहान करिब ८ बजेतिर एक्कासी घरमा आइपुगेकी थिइन् । ‘मेरो पोई खोइ भन्दै मन्त्री विमलाले हातपात गरिन्,’ उनले भनिन् ।

आफूले किनेको भन्दै लुगा पनि च्यातचुत पारिदिएको उनको आरोप छ । ‘च्यानल गेटमा हान्दै ढोका खोल, ढोका खोल भन्दै भित्र पसिन् । त्यसपछि मलाई र तीन वर्षकी छोरीलाई कुटपिट गरिन्,’ मीनाले भनिन्, ‘एकराज खोइ भन्दै उनी घरभित्र आएकी थिइन् ।’ एकराज बस्नेत मीनाकी श्रीमान् हुन् । ‘मेरो कोठामै पसेर सानी छोरीको कपाल लुछ्दै कुटपिट गरिन्, लुगा फालिदिइन्,’ मीनाले भनिन् ।

याे पनि : स्वास्थ्य राज्यमन्त्री वलीलाई प्रहरीले गर्‍याे पक्राउ

यो घटनापछि स्थानीय पनि आक्रोशित छन् । मन्त्रीले ‘सीमा नाघेर’ अर्काको घरभित्र छिरेर कुटपिट गरेको उनीहरू बताउँछन् । केही अघि बिमला र मीनाका श्रीमान् एकराजबीच ‘प्रेम सम्बन्ध’ रहेको बाहिरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *