स्वास्थ्य राज्यमन्त्री वलीलाई प्रहरीले गर्‍याे पक्राउ

दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । महिलामाथि हातपात गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेकाे दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

तुलसीपुर उपमहानगर ५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै त्यहाँ महिलाहरूकाे ठूलाे भीड लागेपछि सत्यतथ्य छानबिन गर्न र साेधपुछका लागि उनलाई नियन्त्रणमा लिएकाे बताइएकाे छ । ‘त्यहाँ ठूलै भीड लागेकाे थियाे,’ प्रजिअ रेग्मीले भनेका छन्, ‘त्यहाँ भीडमा उहाँलाई असुरक्षित महसुस भएपछि उहाँलाई सुरक्षा पनि दिनेगरी नियन्त्रणमा लिइएकाे हाे ।’

त्यहाँका प्रत्यक्षदर्शीहरूले बिहान ८ बजेतिर मन्त्री वलीले ती महिलामाथि हात लगाएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *