वीरेन्द्रनगरमा पेट्रोल अभाव हुँदा सवारी साधन घण्टौंदेखि लाइनमा (तस्वीरहरू)

सुर्खेत । कर्णाली आइतबारदेखि पेट्रोलको अभाव भएपछि पेट्रोल पम्पमा सवारी साधनको भिड लागेको छ ।

विगत तीनदेखि कर्णाली प्रदेशभर पेट्रोलको अभाव भएको हो । सोमबार दिउँसो मात्रै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २० हजार लिटर पेट्रोल आइपुगेको छ । उक्त पेट्रोल वीरेन्द्रनगर पुगेपछि पेट्रोल हाल्न सवारी साधनको लाइन लागेको छ । करिब तीन घण्टादेखि लाइन लाग्दा पनि पालो नआएको नागरिकको गुनासो रहेको छ ।

इन्डियन आयल कर्पोरेसनले एक्जीम कोड नभएको भन्दै तेल बोकेका ट्याङकरलाई नेपाल–भारत सिमा रुपैडियामा रोकिदिएपछि सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव चुलिएको हो । नेपाल आयल निगमका वीरेन्द्रनगरस्थित आधिकारिक बिक्रेता शंखर आयल, गंगामालामा, नारायण, दिपमाला र बुलबुले आयल स्टोरमा तेल आइपुगको हो ।

पट्रोल आएपछि भर्नेहरूको बाक्लो भिड लागेको छ ।

तस्वीरहरू:









 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *