डडेल्धुरामा देवर-भाउजु एउटै रूखमा झुण्डिएको अवस्थामा फेला

डडेल्धुरा । डडेल्धुरामा २ जनाको शव फेला परेको छ । जिल्लाको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति विक र गणेश विकको शव फेला परेको हो ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुवैको शव एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतक दुवै नातामा देवर-भाउजु रहेको प्रहरीले बताएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *