विश्वमा भइरहेको प्रविधिको विकासमा ध्यान पुर्‍याउन सञ्चारमन्त्रीकाे आग्रह

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वमा भइरहेको प्रविधिको विकासमा विभिन्न सरोकारवालाहरूको ध्यान जानुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नेपाल दुरसञ्चार प्राधिकरणले आयोजना गरेको साइबर सुरक्षा सम्बन्ध विधेयकको मस्यौदा उपर छलफल र अन्तर्क्रिया कार्यक्रममा मन्त्री कार्कीले प्रविधिको विकासका साथै साइबर सुरक्षा चुनौतीको विषय रहेको भन्दै यसमा सवै सरोकारवाला निकायहरूको ध्यान जानुपर्ने बताएका छन् ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको बिकासले संसारलाई ग्लोबल भिलेजका रुपमा रुपान्तरण गरेको उनको भनाई छ । मन्त्री कार्की प्रविधिको विकासलाई नेपालले सही ढंगले उपयोग गर्नुपर्नेमा जोड दिए ।

साइबर सुरक्षा सम्बन्ध विधेयकको मस्यौदा बिषयमा आएका सुझावहरूलाई मन्त्रालयले सकारात्मक रुपमा ग्रहण गर्ने मन्त्री कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =