अगामी निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्छ : देव गुरुङ
२०७९ जेठ ३० गते

फाइल
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताएका छन् ।
संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग सहकार्य हुन सक्ने बताएका हुन् ।
माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले अध्यक्ष केपी ओली शर्माबीच बालकोटमा भएको भेटको सन्दर्भबारे बाेल्दै नेता गुरुङले यस्ताे बताएका हुन् । ‘ुराष्ट्रिय स्वाधीनताको प्रश्नमा जोसँग विचार मिल्छ, हामी उहीसँग चुनावी तालमेल गरेर जान्छौँ’, उनले भने, ‘विगतमा एमालेले संसद विघटन गरेर प्रतिगमनतिर गएकाले कांग्रेससँग मिल्दै स्थानी तह निर्वाचनमा जानु परेको हो ।’
गुरुङले पार्टीका वरिष्ठ नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविक रुपमा लिएको प्रतिक्रिया पनि दिए ।
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








