एमालेले माग्याे अर्थमन्त्रीकाे राजीनामा
२०७९ जेठ ३० गते

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माकाे राजीनामा मागेकाे छ । बजेट सेटिङ्गमा ल्याइएकाे उल्लेख गर्दै एमालेका सांसदहरूले अर्थमन्त्री शर्माकाे राजीनामा माग गरेका हुन् । अर्थमन्त्री शर्माकै निर्देशनमा जेठ १४ गते मध्यरातमा बजेटअन्तर्गत राजस्व ताेक्ने काम भएकाे भन्ने समाचार प्रकाशन भएपछि एमालेले उनकाे राजीनामा माग गरेकाे हाे ।
नेपालकाे संसदीय इतिहासमा मन्त्रीमाथि प्रश्न उठ्नुसाथै राजीनामा दिने नजिर उल्लेख गर्दै सांसद याेगेशकुमार भट्टराईले भनेका छन्, ‘नेपालकाे संसदीय इतिहासमा काेही मन्त्रीमाथि प्रश्न उठ्याे भने राजीनामा दिने चलन छ । यसलाई ख्याल गरियाेस् ।’
२०७९ जेठ ३० गते
प्रतिक्रिया
सम्बन्धित








