बर्दिया पुगेर प्रचण्डले भने- प्रदेश र संघकाे चुनाव मंसिरमै हुन्छ (भिडिओसहित)

बर्दिया । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता बलियाे हुँदै गएकाे बताएका छन् । साेमबार बिहान बर्दियाकाे बेलभार आइपुगेका उनले यस्ताे बताएका हुन् । ‘हामीले स्थानीय तह सदस्यकाे दाेस्राे निर्वाचनसमेत सकिसकेका छाैँ,’ उनले भने, ‘याे निर्वाचन सफलतापूर्वक नै सक्याैँ । यसरी हेर्दा अब संघीयतालगायतका राजनीतिक उपलब्धि बलियाे हुँदै गएका छन् । अब संघीयता कसैले हिल्याउन चाहेर हिल्याउन सक्दैन ।’
अध्यक्ष प्रचण्डले प्रादेशिक र संघीय निर्वाचन मंसिरकाे पहिलाे सातामै हुने बताएका छन् । सरकारसम्बद्ध दलहरू र प्रमुख प्रतिपक्षसहितकाे छलफलमा लगभग त्यही टुङ्गाे लाग्ने गरेकाे उनले बताएका छन् । ‘प्रदेश र संघकाे निर्वाचनचाहिँ मंसिर पहिलाे सातामै गर्ने लगभग टुङ्गाे लागेकाे छ,’ उनले भने, ‘निर्वाचन आयाेग, सरकार र प्रमुख प्रतिपक्षले पनि यही मितिलाई लगभग अन्तिमकारूपमा मानेकाे छ । त्यसाे हुँदा मंसिरमै हुन्छ भनिएकाे छ र चुनाव गर्नुपर्छ भन्ने पनि सरकारलाई लागेकाे छ ।’
चुनाव एकैचरणमा गर्ने प्रयासमा सरकार रहेकाे उनले बताए ।
प्रदेश र संघको चुनाव मंसिर पहिलो सातामै हुन्छ: प्रचण्ड @cmprachanda pic.twitter.com/tRZ1yNuOsk
— Makalu Khabar (@makalukhabar) June 13, 2022








