सरकारलाई भीम रावलको प्रश्न- हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?

काठमाडौँ  । नेकपा एमालेका नेता भीम रावलले नेपाल अमेरिकाको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताएका छन् । बिहान अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् ।

अमेरिकाले पैसा दियो भनेर उसैको सैनिक गठबन्धनमा सामेल हुन खोजेको उनको भनाई छ । ‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्‍यो । अहिले नसक्ने किन ?,’ उनले भने, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’

उनले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताए । आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने उनको भनाइ छ ।

उनले सरकारलाई हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ? भनी प्रश्नसमेत गरे । ‘तीन जना मान्छे राखेर स्टेट पाटनरसीपमा हस्ताक्षर गर्ने कुरा छ । नेपालको कूटनीति सेनाको हातमा भइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे ! सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको रे !,’ उनले प्रश्न गर्दै भने, ‘हामी नागरिक शासनमा छौँ । हामी कुनै सैनिक शासनमा छौँ र ? हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =