सांसद रानाको प्रश्न- फस्ट लेडी भारत जानु र अमेरिकी कमाण्डर नेपाल आउनु संयोग मात्रै हो ?

काठमाडौँ । नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालको फस्ट लेडी भारत जानु र अमेरिकी सेनाका कमाण्डर नेपाल आउनु संयोग मात्रै हो ? भन्दै प्रश्न गरेका छन् । बिहान अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रानाले यस्तो प्रश्न गरेका हुन् ।

नेपाली जनताले चैनसँग सुत्न नपाउने समय आउनले थालेको उनको आशंका छ । ‘प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा भारत जानु र अमेरिकी सेनाको एसिया प्यासिफिक कमाण्डका प्रमुख जेनरल चार्ल्स ए फ्लिन नेपाल आउनु संयोग मात्र हो कि होइन ?,’ उनले प्रश्न गरे, ‘के चैनसँग नेपालीले सुत्न पाउने समय आउँदै छ ?’

साथै उनले नेपालको शासन सत्ता सेनाको हातमा बुझाउने प्रयास भइरहेको त छैन ? भनेर प्रश्न गरे । ‘कतै सेनाको हातमा नेपालको शासन सत्ता बुझाउने प्रयास त भैरहेको छैन ?’ कुनै पनि सहयोग कसैको लाभका लागि नभई समग्र राष्ट्रको हितमा हुनुपर्ने सांसद रानाको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =