नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको एमाले सांसदको दाबी

काठमाडौँ । नेकपा एमालेका सांसद मोहन बानियाँले नेपालमा ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेको दाबी गरेका छन् । बिहान अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद बानियाँले यस्तो दाबी गरेका हुन् ।

एमसीसीको विरोध गर्दै उनले ५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्न खोजिएको बताए । ‘नेपालमा कति छन् अमेरिकी सेना थाहा छ ? यहाँ ५ हजार अमेरिकी सेना गुप्त रुपमा बसेका छन्,’ सांसल बानियाँले भने ।

उनले नेपाल परराष्ट्र नीतिमा चुकेको बताए । ‘जमानादेखि हामी परराष्ट्र नितिमा चुक्दै आएका छौं । एमसीसी नेपालीहरुका लागि ठूलो घाँडो बन्दै छ,’ उनले भने, ‘५५ अर्बको लोभमा मुलुकलाई ध्वस्त पार्दै छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =