अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री अनुपस्थित

काठमाडौँ । संघीय संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का अनुपस्थित भएका छन् ।

समितिले सोमबार बिहान छलफलका लागि बोलाएको थियो । तर अन्तिम समयमा मन्त्रीले आफू बजेटमाथि उठेका जवाफ दिने तयारीमा रहेको भन्दै उपस्थित हुन असमर्थ रहेको जानकारी गराएको सभापति पबित्रा निरौला खरेलले समितिलाई जानकारी गराइन् ।

सभापति खरेलले भनिन्, ‘अमेरिकी जर्नलको नेपाल भ्रमणबारे सरकारले जानकारी दिइरहेको छैन । कतिपय भ्रमणबारे जानकारी नभएको परराष्ट्रकै अधिकारी जानकार नभएको पाइएको छ । यो विषयमा छलफल गर्न परराष्ट्र मन्त्रीलाई बोलाइएको थियो तर उहाँ आउन असमर्थ हुनुभयो । मन्त्री नभए पनि हामी छलफल गरौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =