चिनी प्रतिकिलो ११० रूपैयाँ

काठमाडाैँ । चिनीको मूल्य प्रतिकिलो एक सय १० रुपैयाँ पुगेको छ।  एकैपटक किलोमै २० रुपैयाँले महँगिएर खुद्रा बजारमा चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ पुगेको हो ।

उत्पादक र ठूला व्यापारीले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव सिर्जना भएको छ । संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले चिनीको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुर्याएका थिए । भारतले चिनी निर्यातमा रोक लगाए पछि मूल्य थप १० रुपैयाँले बढेर ११० रुपैयाँ पगेको संघले जनाएको छ ।

पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले आफूहरू पनि चिनीको मूल्य बढाउन बाध्य भएको खुद्रा व्यापारीको भनाई छ । गत जेठ १८ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =