जिसस स्याङ्जामा गोलाप्रथाबाट टुंगियो नेतृत्व, प्रमुखमा कांग्रेस

पोखरा । जिल्ला समन्वय समिति, स्याङ्जाको प्रमुखमा गोलाप्रथाबाट कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन् । ११ स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट बराबर सीट जितेका छन् ।

कांग्रेसले प्रमुखसहित ३ सदस्य र एमालेले उपप्रमुखसहित ४ सदस्य रहनेगरी गोलाप्रथा गरेका हुन् ।

कांग्रेसले प्रमुखमा श्रीप्रसाद जिटीसहित सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँणलाई सिफारिस गरेको छ ।

एमालेले भने उम्मेदवार टुंग्याएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *