कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: कुँवर

धनगढी । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: पुष्पराज कुँवर विजयी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित विजयी भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र राठीलाई ३२३ मतले पराजित गरे । कुँवरले ६७८ मत प्राप्त गरेर विजयी हुँदा राठीले ३५५ मत पाएका छन् ।

वरिष्ठ उपाध्यक्षमा कुँवर प्यानलकै पुष्करराज ओझा, उद्योग उपाध्यक्षमा दिनेश लम्साल, एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त, महासचिवमा ओमबहादुर विष्ट, कोषाध्यक्षमा भीमराज ओझा अब्बु र सचिवमा सुरेश पाण्डेय विजयी भएका छन् ।

कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । कैलाली उद्योग वाणिज्य संघका १६ सय भन्दा बढी मतदाता रहेपनि १०९५ मत मात्रै खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *